सिन्धुपाल्चोकमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

चौतारा, जेष्ठ २८, 
सिन्धुपाल्चोकमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगैं जिल्लामा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।
 मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा रहेका पाँचपोखरी थाथाङपालधाप गाउँपालिका ६ का ३९ र ४० वर्षका दुई पुरुषमा कोरोना संक्रमण भएको  दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरु दोलखाबाट जेठ ६ गते मेलम्ची आएका थिए । मेलम्ची आएर उनीहरु मेलम्चीको रिभर भ्यू रिसोर्टको क्वारेन्टाइनमा बसेका थिए । २३ गते स्वाब संकलन गरेर पठाइएका उनीहरुको बुधबार पीसीआर पोजेटिभ आएको हो ।
क्वारेन्टाइनमा रहेका १० जनाको नै पिसिआर नेगेटिभ आएको भनि टेकु अस्पतालले बताएपछि उनिहरुलाई बुधबार दिउँसो २ बजे क्वारेनटाईनबाट डिस्चार्ज गरीएको थियो । तर  एक घण्टापछि फेरी दुई जनामा पोजेटिभ देखिएको वास्थ्य मन्त्रालयलबाट जानकारी आएपछि उनिहरुलाई मेलम्चीमा फिर्ता ल्याईएको हो । त्यो बिचमा उनिहरु तिपेनि सम्म हिड्दै पुगेको पाइएको पाचपोखरी थाङपाल गाउपालिका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । २ जनालाई अहिले मेलम्चीको आइसुलेसनमा र बाकि ८ जनालाई क्वारेनटाईनमा राखिएको छ । एक घण्टाको बिचमा उनिहरुले एक होटलमा बसेर चिया खानुका साथै एक पसलमा केरा किनेर खाएको बताएका छन् ।   पाचपोखरी थाङपाल गाउपालिका अध्यक्ष टासि लामाले उनिहरुको पुन परीक्षण गराउने बताउदै   रिपोर्ट नआएसम्मका लागि  पाँचपोखरी थाङपाल गाउपालिका बन्द गर्ने निर्णय भएको समेत बताउनुभएको छ ।