शनिबार तेस्रो निडन संवाद शृङखला कार्यक्रम सम्पन्न

 चौतारा, जेष्ठ ३२ । 
शनिवार राष्ट्रिय आदिवासी जनजाती अपाङग महिला सघं नेपालका को आयोेजनामा तेस्रो निडन संवाद शृङखला कार्यक्रम सम्पन्न भएको छ ।
महिला, बालबालिका, तथा जेस्ठ नागरिक मन्त्रालयको माननिय मन्त्रि पर्वत गुरुङको प्रमुख अतिथ्यातामा सो संवाद जुम भिडियो मार्फत गरिएको हो । 

निडन संवादमा माननिय गुरुङले बालबालिका, महिला, जेस्ठ नागरिक र  अपाङ ब्यातिmहरुकालाई सहानुभुती दिनुका साथ साथै समस्या हल गर्नका लागी सहयोग गर्ने र आगामी दिनहरुमा आवश्यक मागलाई सम्बोधन गर्दै,आगामी लक्षित वर्गको कार्यक्रम मन्त्रालयद्धारा ब्यवस्था गर्ने प्रतिबधता गर्नुभएको छ ।
 कोभिड १९ लाई केन्द्रित गर्दै माननिय मन्त्री संग यस विशेष संवादमा सिधै आफुलाई लागेको जिज्ञासा तथा प्रश्न गर्न पाउने व्यावस्था भएको सबै लक्षित वर्गको महिला, बालबालकिा, जेस्ठ नागरिक र अपाङगता संस्थाहरुको प्रतिनिधी, लगायत दात्री निकायमा काम गर्ने व्यतिmहरु र बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
 वर्तमान स्थतीमा  विश्वब्यापी रुपमा फैलिएका कोभिड १९ महामारीबाट महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङगता भएका व्यतिmहरुलाई पर्नसक्ने जोखिम न्युनिकरणका लागि गरिएका प्रयासहरु र यसका चुनौतिहरुलाई लाई आगामी तयारीका सम्बन्ध प्रत्यक्ष विशेष संवादमा सबैको सहभागतिाहरुको हकहित, अधिकार र समस्या हल लाई शुनिश्चित गर्न साङकेतिक भाषा दोभाषे क्यापसनिङको ब्यवस्था पनि रहेको थियो ।
यस कार्यक्रमलाई सहजीकरण गर्नका निमित निडवानको नेतृ तथा यस तेस्रो संवाद शृङखला कार्यक्रमको आयोजक संस्था राष्ट्रिय आदिवसी जनजाती अपाङग महलिा संघ नेपालका  अध्यक्ष एवम उपप्राध्यापक प्रतिमा गुरुङले गर्नुभएको थियो । 



, , ,
Lokpri[email protected] Powered by Blogger.