सुकुटे माबिको भवनलाई अस्थायी होल्डिङ सेन्टर बनाइने

अर्जुन शर्मा, चौतारा, असार ३ ।

विदेशबाट आएका लाई राख्न चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं. १० सुकुटेमा रहेको सुकुटे माबिको होस्टेलको भवनलाई अस्थायी होल्डिङ सेन्टर निर्माण गरिने निर्णय भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन अन्र्तगत रहेको विदेशबाट जिल्ला आएका  व्यक्तिहरुको व्यवस्थापनको लागि जिल्ला समन्वय अधिकारी महेन्द्रनाथ भट्टराईको संयोजकत्वमा गठन भएको उपसमितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

विदेशबाट आएकालाई काठमाडौंमा रहेको बाग्मती प्रदेशको होल्डिङ सेन्टरबाट ल्याएर जिल्लाका बिभिन्न स्थानीय तहमा पठाउन लागि सो बिद्यालयको भवनलाई अस्थायी होल्डिङ सेन्टर निर्माण गर्न लागिएको हो ।

आइतबारको उक्त बैठकले उक्त होल्डिङ सेन्टरसम्म आएकाहरुको स्थानिय तहका प्रमुख, उपप्रमुख प्रशासकिय प्रमुख लगाउत सँगको सम्पर्कको लागि सम्बन्धित व्यक्तिहरुको सम्पर्क नम्बर फ्लेक्स बनाएर राख्ने निणर्य समेत भएको उक्त उपसमितिका सहसंयोजक डिएपगि माधब काफ्लेले दिनुभएको छ । होल्डिङ सेन्टरबाट स्थानीय तहहरुले यातायातको व्यवस्था गरि आफ्ना नागरिकलाई स्थानीय तहहरुले व्यवस्था गरेको क्वारेन्टाइनमा लानेछन् ।

बन्देउको होल्डिङ सेन्टरका लागि आवश्यक कुर्सी, पानी, शौचालयजस्ता आवश्यक भौतिक सामग्रीको निर्माण गर्न र काठमाण्डौंबाट सिन्धुपाल्चोक ल्याउन यातायातको व्यवस्थाका लागि प्रत्येक स्थानीय तहले ५० हजारका दरले रकम उपलब्ध गराउन निर्णय समेत भइसकेको छ । 


, , , , ,