तातोपानी नाकाबाट निर्यात शून्य

देवराज सुवेदी, मेलम्ची असार ३ ।
नेपाल र चीनबीचकोे व्यापारिक नाका तातोपानीमा जेठ महिनामा मात्रै २० करोड माथिको राजस्व संकलन भएको छ । 
तातोपानी भन्सार कार्यालयले गत साउनदेखि जेठ मसान्तसम्म १ अर्ब ३४ करोड राजस्व संकलन गरेको थियो । चीनमा फैलिएको कोरोना भाइरसको त्रास का कारण बन्द रहेको नाका जेठ १५ गतेबाट सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात भएको छैन ।
तातोपानी नाका लकडाउनमा केहि समय बन्द भएपनि पुन सुचारु भएको हो । नाका खुलाउन नेपाल सरकारले खासै पहल नगरेकै कारण सामान आयात मात्रै भएको छ भने निर्यात शून्य रहेको छ । जसका कारण बजारमा लत्ताकपडादेखि अन्य वस्तुको मुल्यमा भारी मूल्यवृद्धि समेत हुन पुगेको छ ।
 तातोपानी नाका सञ्चालन भएपछि करीब डेढ महिनाको अन्तरालमा ५३ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसअघि तातोपानी नाकाबाट दैनिक करौडौँ राजश्व संकलन हुँदै आएको थियो । चालु आर्थिक बर्षको साउन मसान्तसम्म १ अर्ब ३४ करोड राजस्व संकलन गरेको तातोपानी भन्सार कार्यलयले जेठ महिनामा मात्रै २० करोड रुपैया राजस्व संकलन गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

लकडाउनपछि गत जेठ १५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सिन्धुपाल्चोकको तातोपानी नाकामा अहिले बिस्तारै व्यापार बढी रहेको छ । लकडाउनकै समयमा पनि कानुन बमोजिम आउने सबै प्रकारका सामान निर्वाध रुपमा आयात भइरहेकोछ । नाकामा व्यापार बढेपछि राजश्व संकलनमा समेत उल्लेख्य वृद्धि भएकोछ ।
२०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको उक्त नाकाबाट अहिले मेडिकल सामग्री, कृषिजन्य, दैनिक उपभोग्य बस्तु निर्वाध रुपले आइरहेकोछ । नेपाल सरकारबीच सहमत भएपछि एकतर्फि रुपमा पैठारीमात्र गर्न मिल्ने र निकासी भने नभएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको भनाई छ । उहाँले निकासी पैठारी सहज ढङ्गले गर्नुपर्ने परिस्थितिमा चिनियाँ दुताबासबाट कुरा अगाडि बढिरहेको बताउनुभयो ।
लकडाउनकै अवधिमा पनि नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाका दुई हप्तासम्म भने चिनियाँ सामान आयात शून्य भएको थियो ।सो नाका पूर्णरुपमा सञ्चालनमा ल्याउन नसक्दा बजारमा लत्ताकपडादेखि अन्य वस्तुको मुल्यमा भारी बृद्धि हुन पुगेको छ ।

, , , , , ,