पूर्वमन्त्रीले बस्नेतले गरे ६ सय १३ जना स्वास्थ्यकर्मीको कोरोना बिमा

चौतारा , 
पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गराउनुभएको छ ।
 पूर्वमन्त्री बस्नेतले जिल्लामा कार्यरत ६ सय १३ स्वास्थ्यकर्मीको एक लाख बराबरको जीवन बिमा गरिदिनुभएको हो ।
जिल्लामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि घोषणा गरिएको म्यादी स्वास्थ्य बिमाको फाइल र स्वास्थ्य सामाग्री जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईं लाई पुर्वमन्त्री बस्नेतले बिहीबार सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हस्तान्तरण गर्नुभएको छ । उहाँले आफ्नै खर्चमा जिल्ला जनस्वास्थ्य कार्यालय चौतारा लगायत जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ क्षेत्रमा कार्यरत कार्यालय सहयोगी देखि कार्यालय प्रमुख सम्म ६१३ जनाको कोरोना बिमा गरिदिनुभएको हो ।
कोरोना संक्रमण नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु उच्च जोखिममा रहेका हुँदा उनीहरुको मनोबल उच्च राख्न स्वास्थ्यकर्मीको बिमा गरिदिएको बस्नेतले बताउनुभएको छ । बस्नेतले कोरोनाका कारण नेपालमै पहिलो मृत्यु भएकी व्यक्तिको नाबालक बच्चाको शिक्षा र लालनपालनको जिम्मा समेत लिनुभएको छ । 

, , , ,