सिन्धुपाल्चोकको क्वारेन्टाइनमा रहेका ३१जना डिस्चार्ज हुँदै,डिस्चार्ज पछी गोठमा बास


सिन्धुपाल्चोक जिल्ला जिल्ला सम्मन्वय समितीको हल क्वारेन्टाइनमा रहेका २६जना  र मेलचौरमा रहेका ५ जना  होम क्वारेन्टाइनमा बसेको १ जना गरी ३१ जनाको स्वाब परिक्षणको लागी पठाइएकोमा सबैको  पिआरसी नतीजा मा कोरना नभएको जानकारी आएको छ । उता सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर घर भइ भक्तपुरमा बासोबास गर्दै आएको एक सुत्केरी महीलाको मृत्यु भएको छ । उँहाको मृत्यु के कारणले भएको हो भन्ने बिषयमा आधिकारिक जानकारी  नआएको  स्वास्थ्य कार्यलय सिन्धु पाल्चोकका प्रमुख दुर्गा दत्त चापागाइले जानकारी दिनु भएको छ ।

उँहाका अनुसार अब सिन्धुपाल्चोक जिल्लाका सरकारी क्वारेन्टाइनमा रहेका ८६ मध्य ३१को नतीजा आएको छ। यि सबै नतीजामा कोरानाको लक्षण नदेखीएको ले मंङ्गलबार  होम क्वारेन्टाइनमा बस्ने गरि डिस्चार्ज गरिने भएको छ ।  अब नतीजा आउँन बाँकी रहेका  बिभिन्न क्वारेन्टाइनमा रहनु भएका ५५ जना र  सुरक्षित होम क्वारेन्टाइनमा बस्नु भएका  ७ जनाका गरि ६२ जनाको नतीजा आउँन बाँकी रहेको छ । उाँहाहरुको पनी नतीजामा लक्षण नदेखीएको आएमा होम क्वारेन्टाइनमा  बस्ने गरि डिस्चार्ज गरिने  बताउँनु भयो । यसअघी डिस्चार्ज हुनु भएको चौतारा साँगाचोक गढी नगर पालीका वडा नं १४का गणेश तामाङ्ग लगाएताक ४ जना  १४ नं वडा कै खोके भन्ने ठाँउ जङ्गलमा रहेको गोठमा  बसेको जानकारी प्राप्त भएको छ । यसरी त्यँहा बस्नु भएको गणेश तामाङ्गले   जिल्ला ले डिस्चार्ज गरेको भए पनी वडा कार्यलयले  केही समय होम क्वारेन्टनमा सुरक्षित बस्न गरेको निर्णयका कारण घरमा नै बस्दा परिबार हरु साँग बढी हेलमेल हुने र पछी केही कारण स्वास्थ्यमा समस्या देखीएमा पारिबारिक समस्या हुने देखीएको ले आफुहरु यसरी एकान्त स्थानमा बसेको बताउँदै अब तोकीएको समय पुरा भए पछी घरमा जाने र घरमा जाँदा पनी केही हप्ता सतर्क रहने बताउँनु भयो ।

, , ,