सरकारले बेथिती गरेको भन्दै भोटेकोशीमा काँग्रेसको प्रदर्सन


चौतारा, असार ९ ।
सरकारले बेतिथी गरेको भन्दै नेपाली काँग्रेस भोटेकोशी गाउँ कार्यसमितिले मंगलबार प्रदर्शन गरेको छ् ।
१० अर्बको हिसाब माग गर्दै  सरकारले गरेको भ्रष्टाचार र कालापानीको जमिन फिर्ता ल्याउन सरकारलाई दबाब दिने उद्देश्यले जुलुस गरिएको स्थानीय काँग्रेस नेता युधिर पौडेलले जानकारी दिनुभएको छ । जुलुस खुकुण्डोल हुँदै ड्राइपोट गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई विभिन्न स्थानीय काँग्रेस नेताले सम्बोधन गरेका थिए ।
जुलुसमा भोटेकोशी गाँउपालिका कार्यसमितिका अध्यक्ष साङ्दोर्जे शेर्पा गाउँपालिकाका वडाध्यक्षहरु मुके शेर्पा, कैलाश पौडेल, महिला नेतृ गेल्मु शेर्पा बुढाथोकी लगायतको सहभागिता थियो ।

, , ,