पाँचपोखरिको बजेट ६३ करोड ८८ लाख


रूपक पुरी, मेलम्ची, असार १० ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको छैटौं गाउँसभाले ६३ करोड ८८ लाख ५५ हजार नौ सय ८७ रूपैयाँको वजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको सभाहलमा भएको गाउँसभामा प्रमुख टासी लामाले ०७८ र ७८ को नीति तथा कार्यक्रम  प्रस्तुत गर्दै  गाउँपालिकाको जेष्ठ नागरिकको अनुभव , युवा पुस्ताको गौरव, पर्यटकीय गन्तव्यको प्रवर्द्धन , उज्यालो पाँचपोखरी अभियान सँचालन जस्ता महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
त्यस्तै नीति तथा कार्यक्रममा पशुपालनको आहारा स्याहार आयआर्जनको कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिकाले निति तथा कार्यक्रममा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

, , , , , ,