सिन्धुपाल्चोकमा ४ जनाले जिते कोरोना
चौतारा, असार १३ ।
विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमिमत जिल्लाका २७ जना मध्य चार जना निको भएर घर फर्केका जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण तिवारीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार शुक्रबार दुई जना निको भएसँगै कोरोना जित्नेको संख्या सिन्धुपाल्चोकमा चार पुगेको हो । यस अघि नै दुई जना निको भएर घर फर्किसकेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई जना कोरोनाबाट निको भएका हुन् । गएको जेठ १० गते गते दोलखा हाइड्रोपावर कम्पनीमा काम गरेर फर्किएका उनिहरुमा कोरोना पुष्टि भएको थियो । मेलम्चीको आइसोलेसनमा उपचारका लागि राखिएका उनीहरुको गएको ९ गते पुनः पीसीआर परीक्षण गरिएको थियो । अन्तिमपटक गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । उनिहरु पाँचपोखरी थाङपाल गाउँपालिका ६ का ३९ र ४० वर्षिय हुन् ।
कार्यालयका अनुसार सिन्धुपाल्चोकमा २९ संक्रमितमध्ये एकको मृत्यु भएको छ भने चार जना निको भएर घर फर्केका छन् । अहिले आइसोलेसनमा २४ संक्रमित उपचाररात छन् । नेपालमा भने कोरोना निको हुनेको सङ्ख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।