पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रवेशद्वार निर्माणकार्य सम्पन्न


रूपक पुरी,तिपेनी, असार १३ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रवेशद्वार निर्माणकार्य सम्पन्न भएको छ ।
 पर्यटन प्रवर्द्धनका निम्ति गाउँपालिका भित्र रहेका विभिन्न कला, सँस्कृति र मौलिकतालाई झल्कने गरि प्रवेशद्वार निर्माण गरिएको छ । 
जनप्रतिनिधिहरूले पाउने सेवासुविधा कटौति गरि वडाअध्यक्षहरूको सक्रियतामा छोटो समयमै प्रवेशद्वार निर्माण सम्पन्न हुनु खुसीको कुरा भएको पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटन प्रवर्द्धन समितिकख अध्यक्ष सुवास तामाङले बताउनुभयो ।
अबको तीन महिनाभित्र सोही स्थानमा पर्यटन सुचना केन्द्रसमेत स्थापना हुने उहाँले जानकारी दिनुभयो । विश्वकै नौ औ अग्लो स्थानमा रहेको ताल पाँचपोखरी लगायत गाउँपालिका भित्र रहेका विभिन्न पर्यटकिय स्थलहरूको जानकारी सूचना केन्द्रमा राखिनेछ ।

, , , ,