राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट स्वास्थ्य सामाग्री हस्तान्तरण

लक्ष्मण बिष्ट, मेलम्ची, असार १०।
 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति  शम्शेर जबराले  विश्वभर फैलिरहेको महामारी नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि अग्र मोर्चामा रहेर काम गर्ने सबै स्वास्थ्य कर्मीहरुका लागि मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सिन्धुपाल्चोक जिल्लाकै पार्टीका नेताहरु मार्फत हस्तान्तरण गर्नु भएको छ ।
 पी.पी.इ सेट २६ थान,परिक्षण पन्जा ५०० थान, बुट कभर ३०० थान, सर्जिकल मास्क १०००,गुगल्स ३० थान, के.एन नाइन्टीफाइप मास्क ४० थान, ह्याण्ड स्यानिटाइजर ३० बोतल र फेशिल्ड १२ थान गरि जम्मा आठ प्रकारका सामान हस्तान्तरण गरिएको हो ।
 मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरुको उपस्थितिमा राप्रपाका पूर्व माननीय एबम केन्द्रीय सदस्य चलन बहादुर तामाङ, केन्द्रीय सदस्य उदय सापकोटा, युबा संगठन क्षेत्रिय सभापति योगेन्द्रराज सिग्देल जिल्ला कार्य समिति अध्यक्ष गोपाल फेटर, क्षेत्रिय अध्यक्ष फडिन्द्र प्रसाद दाहाल,नगर अध्यक्ष किरणदिप खड्का र राप्रपाबाटै निर्बाचित १० नम्बर वडा सदस्य रामशरण महरा लगायत सबै जनाले पालै पालो मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाइ कार्यकक्षमै हस्तान्तरण गरिएको हो । 
स्वास्थ्य सामाग्री हस्तान्तरण पश्चात नगर प्रमुख डम्बर अर्यालले सहयोग गर्नु भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बिशेष धन्यबाद दिदै  माहामारिका बीच हामि अहिले कठिन परिस्थिति संग जुधिरहेको बेला अहिले सम्म सहयोग गर्नुहुने सबैलाई एकमुष्ठ रुपमा धन्यबाद दिनुभएको छ । 

, , , ,