सिन्धुपाल्चोकमा भेटिए भारतबाट फर्किएका एक जना कोरोना संक्रमित

अर्जुन शर्मा, जेष्ठ २१ । 
सिन्धुपाल्चोकमा एक जना कोरोना संक्रमित भएको पाइएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो  ।
 इन्द्रावती १० का २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनी जेठ १२ गते भारतबाट अन्य १८ जना जिल्ला आएका थिए । 
जिल्लामा आएका मध्ये एक जनाको पीसिआर परिक्षण वाट भाईरस संक्रमण पाईएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । क्षेत्रिय क्वारेन्टाईन मेलम्चीमा रहेका इन्द्रावती १० का ३२ वर्षिय पुरुषमा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएकोे छ ।
भारतवाट फर्किएका पाँच जनाको स्वाव परिक्षणमा पठाईएको अन्य चार जनामा कोरोना भाईरस संक्रमण नरहेको रिपोर्ट प्राप्त भएको  जिल्ला स्वास्थ्य कार्यालयकासुचना अधिकारी कृष्ण तिवारीले जानकारी दिनुभएको छ ।  भारतबाट आएका १८ मध्ये पाँच जना मेलम्ची क्षेत्रिय क्वारेन्टाईन र १३ जना चौतारा क्षेत्रिय क्वारेन्टाईनमा रहेका छन् । चौतारा क्षेत्रिय क्वारेन्टाइृनमा रहेका १३ जनाको परिक्षणको लागि मंगलवार स्वाव पठाईएको र हालसम्म रिपोर्ट आइनसकेको  जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस संक्रमण सँगै जिल्लामा संक्रमित संख्या २ पुगेको छ । यस अघि सिन्धुपाल्चोकमा एक जना सुत्केरी महिलाको कोरोना संक्रमणवाट मृत्यु भएको थियो ।
 यस्तै बुधबार देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ । तीमध्ये १७९ पुरुष र २२ जना महिला छन् ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई हजार ३०० पुगेको छ । त्यस्तै बुधबार मात्रै १२ जना संक्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् । यस संगै हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।
 यसैगरी कोरोनाका कारण दोलाखाका ७६ बर्षीय पुरुषको उपचारका क्रममा आज निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ९ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभएको छ  । नेपालमा हालसम्म ६४ जिल्लामा कोरोना संक्रमण फैलिएकोे छ ।

, , ,