दोषिलाई कारबाही गर्न नेबिसंघको माग

लोकप्रिय समाचार, चौतारा ।
नेपाल विद्यार्थी संघ क्षेत्र नं १ सिन्धुपाल्चोक सभापति हेमन्त श्रेष्ठले जनताहरू कोरोनाको मारामारीमा खाना नपाउने अबस्थामा निजि बिद्यालय जस्तै किताब बिक्रि गरि नितिगत भ्रस्टाचार गर्ने जो कोहिलाई पनि नछाडने चेतावनी दिनुभएको छ । 
कोल्दोङ माध्यामिक बिद्यालयले कक्षा ५ मा अध्ययन गर्ने बिध्यार्थीलाई २१ सय ७० रुपैयाको किताब बिक्रि गरेको बिल सामाजिक सञ्जालमा आएपछि उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । उहाँले सरकारले निशुल्क पुस्तकको व्यबस्था गर्दा पनि किन पैसा आसुली गरेको र गाउँका सोझो जनतालाई छुट्टाई देशको नागरिक जस्तो व्यवहार गरि दिनडारै लूट माचाउने शैक्षिक माफियाहरूलाई सम्बन्धि निकायले कारबाही नगरे ने.वि. संघले जस्तोसुकै सामाजिक कारबाहि गर्ने चेतावनी समेत दिनुभएको छ । उहाँले छिटो भन्दा छिटो छानबिन गरि विगत देखिको आर्थिक र अन्य कुरामा छानबिन नगरे ने वि सघं चुप लागेर नबस्ने  समेत बताउनुभएको छ । यस बिषय बाहिर आएपछि वडाले छानबिन गर्ने भएको छ । वडाले बिहिबार नै वडासदस्य रुपकाजी लामाको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको छ ।
छानबिन समितिलाई एक हप्ताभित्र अभिभावक, विद्यार्थीलगायत निकायहरुसँग छलफल गरेर सत्यतथ्य जानकारी दिन वडाले भनेको छ । यदि दोषी प्रमाणित भएमा आवश्यक कारवाहीका लागि गाउँपालिकाको शिक्षा समितिमा सिफारिश गरिने वडाले जारी गरेको विज्ञप्तिमा भनेको छ । सरकारले पुस्तक वापतको खर्च प्रत्येक सरकारी विद्यालयलाई दिँदै आएको छ । सरकारले शिक्षाको हकलाई मौलिक हकमा राख्दै आधारभूत तह (१(८) को शिक्षा अनिवार्य र निशुल्क गरेको छ भने माध्यमिक तहको शिक्षा निशुल्क गरेको छ ।

, , ,