त्रिपुरासुन्दरीमा दिर्घ रोगिलाई निशुल्क औषधि बितरण
चौतारा,जेष्ठ २६ ।
सोमबार गाँउपालिका भित्रका सम्पुर्ण दिर्घ रोगिहरुको लागि औषधि बितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण साहले जानकारी दिनुभएको छ ।
कोरोना कहरका कारण सरकारले लागु गरेका लकडाउनले नियमित रुपमा औषधि सेबन गर्नेमा असहज भएको हुदा पालिका बासिलाई निशुल्क औषधि बितरण गरिएको पालिका प्रमुख भुपेन्द्र श्रेष्ठले बताउनुभएको छ । औषधि बितरण गर्दै अध्यक्ष श्रेष्ठले पालिका सधै पालिकाबासीको साथ र सहयोगमा रहेको बताउनुभएको छ ।
पालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार पालिका भित्रका ४०० जनालाई निशुल्क औषधि बितरण गरिएको हो ।