वान हर्ट वल्ड वाइडले गर्यो स्वस्थ्य कार्यलायलाई सामाग्री सहयोग

चौतारा, जेष्ठ २४ । 
नवजात शिसु र आमाको स्वास्थ्यको विषयमा काम गरिरहेको संस्था वान हर्ट वल्र्ड वाइडले सिन्धुपाल्चोक  सवै स्वास्थ्य सस्थाहरुमा स्वास्थ्य सामाग्री सहयोग का लागि स्वस्थ्य कार्यलाय  मा  पिपिइ समाग्री प्रादन गरेको छ ।
 जिल्लाका सवै पालिका भित्रका स्वास्थ्य सस्था, बर्थिङ सेन्टर तथा पालिकाका क्वारेन्टाइनहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य कार्यलय मार्फत हस्तान्तरण गरिएको छ । 
करिव ९  लाख १४ हजार ८ सय ३१ रुपैया बराबरका स्वास्थ्य सामाग्रीहरु आवश्यकताका आधारमा जिल्लाभित्रका सवै स्वास्थ्य सस्था र बर्थिङ सेन्टरहरुलाइ छुट्टा छुट्टै प्याकेट बनाइ एकमुष्ट हस्तातरण गरिएको हो ।
वानहर्टले सन् २०१५ पछिका ४ वर्ष नवजात शिसु मातृमृत्युदर घटाउन सिन्धुपाल्चोक  जिल्लामा सवैजसो स्वास्थ्यसस्थासंग जोडिएर आमा र नवजात शिसुको क्षेत्रमा काम गरेको थियो । वान हर्टले जिल्ला भित्रका बर्थिङ सेन्टरहरुमा भौतिक पुर्वाधारहरु निर्माण गर्नुका साथै  गाउँपालिकामा भिडियो एक्सरे मेसिन  र जिल्ला अस्पताल  मा फोटोथेरापी मेसिन पनि प्रदान गरेको छ।

, , ,