अपाङ्गता भएका ब्यक्तिहरुकालाई सहायता समाग्री प्रदान

 चौतारा,असार २ गते । 
बलेफी गाउँपालिका  ८ ले अपाङ्गता भएका ब्यक्तिहरुकालाई सहायता समाग्री प्रदान गरेको छ ।
 सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आवश्यकताको आधारमा विभिन्न सामग्री प्रदान गरिएको वडाध्यक्ष चरिबहादर तामाङले जानकारी दिनुभएको छ ।
बलेफी एकीकृत अपाङ्गता समाजको सहयोगमा प्राप्त सामग्री वडाले प्रदान गरेको हो । ह्वीलचियर,बैशाखी, सेतो छठी र लौरी प्रदान गरिएको वडाध्यक्ष तामाङले बताउनुभएको छ ।
वडाभित्रका क र ख वर्गका १७ जना अपाङगता भएका ब्यक्तिलाई सहायता सामग्री प्रदान गरिएको हो । ‘आवश्यकताको आधारमा ह्वीलचियर, बैशाखी, सेतो छठी र लौरी प्रदान गरिएको छ, वडाध्यक्ष तामाङले भन्नुभयो, उक्त सहायता सामग्रीले उहाँहरुको दैनिकीलाई केहि हदसम्म भएपनि सहजता दिने भन्ने अपेक्षाराखेका छौ, हामी उहाँहरुको दैनिकीलाई थप सजिलो बनाउन विभिन्न उपायका बारे पनि छलफल गरिरहेका छौँ ।’

, ,