लोप हुने अबस्थामा छापा पत्रकारिताः अध्यक्ष श्रेष्ठ

अर्जुन शर्मा, चौतारा, असार ५ । 
प्रेस काउन्सिल नेपालका कार्यवाहाक अध्यक्ष किशोर श्रेष्ठले छापा पत्रकारिता लोपहुने  अवस्थामा पुगेको बताउनुभएको छ ।


शुक्रबार सिन्धुपाल्चोकको चौतारामा प्रेस काउन्सिल नेपालले आयोजना गरेको साहित्यक पत्रकारिता र पत्रकार आचारसंहिता कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । “पछिल्लो समयमा मौलाईरहेको विद्युतिय सञ्चार माध्यमका कारण छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको छ, पछिल्लो समय बिश्व नै एक मोबाइलमा हुने हुदाँ छापा पत्रकारिता धरासहि बनेको छ” उहाँले भन्नुभयो । पछिल्लो समय युट्युवहरु फस्टाइरहेको कारण पनि छापा पत्रकारिता ओजेलमा परेको उहाँको बिचार रहेको छ । 
पछिल्लो समय विभिन्न कारणले गर्दा नेपालको विज्ञापन बजार ओरालो लाग्दै गरेको कारण सञ्चार क्षेत्र निकै जटिल समस्यामा परेको कारण अबको पत्रकारिता अरुको भर नपरि आफ्नो रगत र पसिना बगाएर गर्नुपर्ने समेत उहाँले बताउनुभयो । 
केहि घटनाको स्मरण गराउदै उहाँले भन्नुभयो ‘पत्रकारहरुले तलब पाएनन् भनेर आत्महत्यासम्म गर्न बाध्य भएका उदाहरण छन् ।’ जसका कारण छापा माध्यमका पत्रकारहरुले आफुले समय अनुसार परिवर्तन गर्न जरुरी रहेको समेत उहाँले बताउनुभएको छ । 
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमलाले साहित्यिक पत्रकारिताको बिषय भोग्नु परेको दुःखको स्मरण गर्नुभएको थियो । कार्यक्रममा  जिल्लाका साहित्यकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 
x
x