राष्टिय युवा संघ जुगलको पहलमा कोरोना कोषमा ५ लाख


अर्जुन शर्मा, चौतारा, अुसार १५ । 
युवा संघ जुगललले जुगल गाउँ पालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषका लागी  ५ लाख १ हजार २ सय पचास  रुपैया रकम जम्मा गरेको छ । 
राष्टिय युवा संघ  नेपाल जुगल गाउँपालिका र  नेपाल कम्युनिस्ट पार्टी जुगल गाउँ पालिकाको सयुक्त पहलमा संकलन गरिएको उक्त रकम सोमबार नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज माधब सापकोटा सुबोधले गाँउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठलालाई हस्तान्तरण गर्नुभएको युवा संघ जुगलका संयोजक फुलकाजी स्याङ्बोले जानकारी दिनुभएको छ ।
संकलन गरिएको रकम हस्तान्तरण गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज माधब सापकोटा सुबोधले देशको यो बिषम परिस्थितिमा युवाहरु यो प्रयास एकदम सार्हानिय रहेको र यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भयो ।
उक्त कोरोना कोषमा जम्मा गरिएको रकम जुगल गाँउपालिकाका युवा तथा नेकपाका नेता कार्यकर्ता ५३ जनाबाट संबलन गरिएको थियो ।  
उक्त सहयोग रकम  हस्तान्तरण कार्यक्रममा नेकपा जुगल अध्यक्ष पदम श्रेष्ठ ,  नेकपा जिल्ला सदस्य कृष्ण घिमिरे, उपाध्यक्ष सृजना तामाङ, अनेरास्ववियु केन्द्रिय सदस्य रन्जित आचार्य , रास्टिय युवा संघ को जिल्ला सदस्य देबेन्द्र साक्य ,सोहन सुनुवार , फुलकाजी स्याङ्बो , आकाश लामा लगायत को उपस्तिथिति रहेको  थियो ।

, , , , ,