दोस्रो बृहत सिन्धु साहित्य सम्मेलनमा ६ स्रष्टा र पत्रकार सम्मानित

अर्जुन शर्मा, चौतारा,असार ६ । 
दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलनमा ६ जना स्रष्टा र पत्रकारलाई सम्मान गरेको छ । सिन्धुपाल्चोकमा जन्मिए देशका बिभिन्न क्षेत्रको उच्च तहमा पुगेका ६ जना स्रष्टा र पत्रकारहरुलाई सम्मान गरिएको हो ।

दुःखी प्रकाशनको आयोजना र शब्द–सारथिको सह आयोजनामा शनिबार चौतारामा भएको बागमती प्रदेश स्तरीय कविता प्रतियोगिता एवम् सम्मान समारोहामा जिल्लामा साहित्यमा योगदान पु¥याउने ३ स्रष्टाहरु सरल सहयात्री पौडेल, अमित घिमिरे, कृष्ण सुवेदी र ३ संचारकर्मीहरु बागमती प्रदेशका प्रेस रजिस्टार रेवती सापकोटा, न्यूज २४ का कार्यक्रम प्रस्तोता प्रमोद न्यौपाने र कान्तिपुरमा कार्यरत दामोदर न्यौपानेलाइ सम्मन गरिएको हो । सम्मानित भएकालाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमानसिं तामाङले सम्मान गर्नुभएको हो  । सम्मानित व्यक्तिहरुलाई नगरप्रमुख तामाङले खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि एवम चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले साहित्यले समाज परिवर्तन गर्न सक्ने भन्दै स्रष्टाहरुलाई नियमित सिर्जनाकर्ममा लागिरहन आग्रह गर्नुभएको छ । ‘साहित्य देशको गहना होे’, तामाङले भन्नुभयो– ‘यसले सम्परर्ण मानवमा जीवन जिउने कला सिकाउँछ । म स्रष्टाहरुलाई निरन्तर साहित्य साधनामा लाग्न आग्रह गर्दछु ।’ 
सम्मेलन अन्र्तगत भएको बागमती प्रदेशस्तरीय कविता प्रतियोगितामा नुवाकोटका पुरु लम्साल प्रथम हुनुभएको छ । उहाँको घामलाई चिठी शीर्षकको कविता प्रथम भएको हो । त्यस्तै सुमन आलोक द्वितीय, रोजिना पराजुली तृतीय, पवन ढुङ्गाना र सविता थापा सान्त्वना हुन सफल हुनुभयो । 
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविहरुलाई क्रमसः ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना हुने दुई कविहरुलाई नगद ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । कविताको मूल्याङ्कन साहित्यकार रमेश शुचेच्छु, जीवन श्रेष्ठ र डम्बर रसिक भारतीले गर्नुभएको थियो ।  
सम्मेलनमा स्रष्टा सरल सहयात्री पौडेलले बागमती प्रदेशमा प्रगतिशील साहित्य लेखन र शशिनाथ आचार्यले सिन्धु साहित्यको इतिहास विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकै बीच सिन्धुपाल्चोकमा बाल साहित्य लेख्ने स्रष्टालाई लक्षित गरी मित्र प्रष्तिष्ठानद्वारा बाल साहित्य पुरस्कार कोषको घोषणा गरिएको छ । दुःखी प्रकाशनमार्फत पुरस्कार प्रदान गर्ने गरी सम्झैता भएको छ । सो अवसरमा मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ ले दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूलाई कोष स्थापनाको लागि १ लाख रुपैंयाको चेक प्रदान गर्नुभएको छ ।
कार्यक्रममा शब्द सारथिको सचिव सुन्दर शिरीषले अतिथिहरुको स्वगत गर्नुभएको थियो । यस्तै सम्मेलन मूल आयोजक समितिका संयोजक केशवलोचन शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्रष्टा डम्बर रसिक भारतीले गर्नुभएको थियो । कार्यक्रममा शब्द–सारथिद्वारा प्रकाशन गरिएको ‘सारथि’ स्मारिकाको विमोचन पनि गरिएको थियो ।


, , , , ,