नेपालमा भित्रियो सलह किरा


चौतारा,असार १३ ।
नेपालमा पनि सलह किरा भित्रिएको छ ।  शनिबार बिहान बारा र सर्लाही जिल्लामा पहिलोपटक देखिएको सलह किराको फौज  बिस्तारै अरु जिल्लामा पनि फैलन थालेको छ । 
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाको अनुसार बारा, पर्सा, सिन्धुली, रुपन्देही र कास्की जिल्लामा पनि सलह देखिएको छ । सलह किरा नेपाल प्रवेश गरेपछि यसबारे निर्णय लिन शनिबार मन्त्रालयले विभिन्न व्यक्ति र निकायसँग गरेको भर्चुअल बैठक समेत सम्पन्न भएको छ । बैठकका क्रममा सलहको फौज कास्कीको लुम्मेसम्म फैलिएको जानकारी आएको छ । 
सलहको फौज हावाको गति र दिशासँगै एक ठाउँबाट अर्को ठाउँमा विस्तार हुने गर्दछ । शुक्रबार रातिसम्म नेपालका कुनैपनि स्थानमा सलह फैलिएको बारे आधिकारिक जानकारी आएको थिएन । तर शनिबार बिहान तराइका केही जिल्लामा देखिएको सलह किराको फौज बिस्तारै अरु जिल्लामा पनि फैलन थालेको छ ।

, , , , ,