सिन्धुपाल्चोक प्रहरीले पायो एक सयजनासम्म अटने व्यवस्थित गृह


चौतारा,असार १३ ।
विनाशकारी भूकम्पले तकसनहस बनेको प्रहरी कार्यालय सिन्धुपाल्चोकको गृह भवन  ५ बर्षपछि व्यवस्थित आवास गृह बनेको छ । प्रहरी कार्यालयले ५ बर्ष पछि सुरक्षित भवन पाएको हो । 
शनिबार नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली प्रहरी कार्यालयको भवन ढिला बन्नुमा चिन्ता व्यक्त गर्नुभएको छ । जनताको सेवा सुरक्षा अहोरात्र खट्ने प्रहरी कार्यालय भूकम्पपछिको यत्रो समयसम्म व्यवस्थित बन्न नसक्नुमा सरकारी ढिलासुस्ती भएको उहाँले बताउनुभयो । 
वेलायत सरकारको सहयोगमा बनेको गृह भूकम्परहित प्रविधिबाट निर्माण गरिएको छ । नयाँ भवनमा विरामी कक्षदेखि सुविधासम्पन्न भान्सा घर समेत निर्माण भएको छ ।
कार्यक्रममा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, जिल्ला न्यायाधिस टिकाराम आचार्य, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमान सिं तामाङल गायतको उपस्थित रहेको थियो । 

, , ,