सडेगलेको अवस्थामा १ पुरुषको शव भेटियो

चौतारा, जेष्ठ २४ ।  
भिोटेकोशी गाउँपालिका वडा नं. ४ क्यामडाँडामा सडेको अबस्थामा एक जना पुरुषको लाश भेटिएको छ । रानाभाटको हत्या गरी शव बारीमा ...
शुक्रबार सडेगलेको अवस्थाको एक पुरुषको शव भेटिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त शव भोटेकोशी ४ बस्ने वर्ष ५५ को गणेश बहादुर सिलवालको रहेको पुष्टि भएको छ ।
सिलवालको शव घरभन्दा १ सय ५० मिटर पश्चिममा फोहोर फाल्ने ठाउँमा ढुंगाको चेपमा भेटिएको छ शव सडेगलेको अवस्थामा भेटिएकाले कहिले कुन समयमा उनको मृत्यु भएको हो खुल्न नसकेको काफ्लेले बताउनुभएको छ । सिलवाल वैशाख ८ गते हराएको भनि जेठ १ गते प्रहरी चौकी फुल्पिङकट्टीमा निवेदन परेको थियो ।
उनको खोजतलास भइरहेको अवस्थामा स्थानीयहरु घाँस काट्न जाने क्रममा गन्ध आएकोले के रहेछ भनी हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुल्पिङकट्टीबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा २ जना र ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा ४ जनाको टोली घटनास्थल पुगेको थियो । उक्त घटनाको बिषयमा थप अनुसन्धान गर्ने कार्य जारी रहेको डीएसपी काफ्लेले जानकारी दिनुभएको छ । मृतकको घरमा श्रीमती, छोरा बुहारी छन् भने एक छोरा विदेशमा रेहेका छन् ।

, , ,