एकल महिलालाई बाख्रा बितरण

चौतारा ।
चौतारा साँगाचोकगढी न.पा.वडा नं.११ ले एकल महिलालाई बाख्रा बितरण गरेको छ । 
वडा कार्यालयको आ.ब.०७६र७७ मा महिला आयआर्जन शिर्षकको बजेट अन्तर्गत वडाभित्रका ५२ बर्ष उमेर सम्मका एकल महिलाहरुलाई आय आर्जनको लागि बाख्रा बितरण गरेको हो । वडा भित्रका ३४ जना महिलाहरूलाई ३४ वटा बाख्राको पाठी बितरण गरिएको वडाध्यक्ष सुशिलबहादुर माझीले जानकारी दिनुभएको छ । उक्त वडाले लक्षित बर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको छ । उक्त बाख्रा बितरण पाथीभरा टोल विकास समितिको सहजीकरणमा गरिएको हो ।

, ,