सरकारले यूएईबाट ल्याएको ३ जना जिससको क्वारेन्टाइनमा

अर्जुन शर्मा,चौतारा, जेष्ठ २४ । 
कोरोना भाइरस संकटका कारण लकडाउन भएपछि रोकिएका १६८ जना नेपाली नागरिक यूएईबाट शुक्रबार काठमाडौं आइपुगेका थिए । उक्त टोलिमा आएका १६८ मध्ये ७ जना जिल्लाबासि रहेकाका ३ जनालाई जिल्ला ल्याइएको छ । 
उनिहरुलाई शुरक्षित तरिकाले एम्बुलेन्स आउन ढिला भएपछि बिशेष बसको ब्यबस्था गरी आज चौतारा ल्याइएर हाल जिल्ला समन्वय समितिको भवनमा रहेको क्वारेन्टाइनमा राखिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभएको छ । अन्य ४ जना काठमाडौमांनै बसेका उँहाले बताउनु भयो ।
युएइबाट आएकाहरुमा इन्द्रावती गाँउपालिका वडा नं। ३, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १२ र बाह्रबिसे नगरपालिका वडा नंं। ३ का रहेका छन् । यूएईमा अलपत्र उनीहरुलाई लिएर आएको एयर अरेबियाको विमान शुक्रबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । 
सरकारले अब बिभिन्न देशबाट आएका जिल्लाकासिलाई जिल्ला ल्याउनको लागि बरिष्ठ समाजसेवि दावा लामा ह्यल्मोको आर्थिक सहयोग र जिल्ला समन्वय समितिको अगुवमइमा  २ वटा सुबिधा सम्पन्न बस तयारी हालतमा रहेको जिल्ला समन्वय प्रमुखले जानकारी दिनुभएको छ । 
अब बिदेशबाट आएकाहरुको काठमाडौबाट जिल्ला सम्म ल्याउनको लागि सुबिधा सम्पन्न पर्यटक बस तयारी हालतमा राखेका छौ उहाँले भन्नुभयो । 

, , , ,