लामोसाँघु विद्युत प्राधिकरणको इन्टेकमा पुरुषको शव फेला

चौतारा, जेष्ठ २५ । 
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ७ मा रहेकोे नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको इन्टेकमा एक जना पुरुषको शव फेला परेको छ ।
Image result for शव
केन्द्रको इन्टेक गेटमा नियमित रुपमा गरिने ट्रयाक ¥याक सफा गर्न नहर शट डाउन गरी सफा गर्ने क्रममा आइतबार शव फेला परेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
शव हेर्दा एक दुई दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । शव बलेफि गाउँपालिका ८ फाँट बस्ने बाबुराम केसीको छोरा वर्ष ३० को मनोज केसीको रहेको प्रहरीले जनाएको छ ।  घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको काफ्लेले बताउनुभएको छ ।

, , ,