नगरभित्रका ४ वटै रेडियोबाट दैनिक ४ घण्टा कक्षा संचालन हुने

अर्जुन शर्मा , चौतारा । 
नगरभित्रका ४ वटै रेडियोबाट दैनिक ४ घण्टा कक्षा संचालन हुने भएको छ । नेपाल सरकारले लामो समय सम्म बन्द रहेको बिद्यालय का विद्यार्थी हरुलाइ बैकल्पिक तरिका बाट कसरी शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बिषयमा आइतबार चौतारामा  गरिएको  छलफलबाट यस्तो निर्णय भएको हो  ।
RADIO | DW
नगर शिक्षा शाखाको समन्वयमा गरिने उक्त रेडियो कक्षा संचालन नगरपालिका भित्रका ४ वटै रेडियोबाट एकैसाथ दैनिक १० बजेबाट ३ बजेसम्म ४ घण्टा सम्म संचालन गरिने सहमति भएको नगर शिक्षा शखा प्रमुख तथा कार्यदलको संयोजक महेन्द्र कुमार बोहोराले जानकारी दिनुभएको छ । 
नगरपालिका भित्रका बिद्यालयका विद्यार्थी हरुलाइ बैकल्पिक तरिका बाट कसरी शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको नगरपालिकाका सामाजिक बिकास संयोजक राम प्रसाद गौतम जानकारि दिनु भएको छ ।
नगर शिक्षा शखा प्रमुख तथा कार्यदलको संयोजक समेत रहनु भयका महेन्द्र कुमार बोहोराको सभापतित्वमा भयको छलफलमा कसरी शिक्षाको पहुच टोल टोलमा लाने भन्ने बिषयमा केन्द्रित  छलफलमा  हेलम्बु एफ एमका नेम्जिङ्ग लामा , रेडियो सुनकोशिका यज्ञ दङ्गाल रेडियो सिन्धुका रत्न श्रेष्ठ , दिपक खत्रि    लोकप्रिय नेत्र ज्योति सञ्चार समुहका कार्यकारि प्रमुख नेत्र बहादुर बस्नेत का साथै कार्यदलका सदस्य हरु तारा बहादुर श्रेष्ठ, हर्ष लाल तामाङ्ग,केशबलाल श्रेष्ठ , नगर पालिका शिक्षा समितका सिताराम घिमिरे लगायतका उपस्थितिमा  छलफल भएको थियो । 
छलफलमा रेडियो सञ्चालकहरुले सामुदायमा शिक्षा बिकासका लागि गरिने काममा सहयो गर्ने र रेडियोहरुको समस्या आफ्नै समस्या छन समस्या लाई समेत सम्बोधन  गरिन पर्ने बताएका छन । 

, , , ,