सिन्धुपाल्चोकका थप १ युवामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ पुग्यो

अर्जुन शर्मा, चौतारा । 
सिन्धुपाल्चोक जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमण हुने तीन पुगेका छन् भने एक जनाको संक्रमणकै कारण मृत्यु भएको छ । आइतबार जिल्लको मेलम्चीमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा रहेका एक युवामा कोरोना संक्रमण देखिएको हो ।
इन्द्रावती गाउँपालिका घर भएका २० वर्षीय एक युवामा कोरोना संक्रमण पुष्टि भएको हो  । मेलम्चीको रिभर रिसोर्टमा सञ्चालित क्वारेन्टाइनमा बसेका ती युवामा स्वास्थ्य मन्त्रनलयले कोरोना संक्रमण भएको पुष्टि गरेका हो । उनको स्वाब संकलन गरी टेकु प्रयोगशाला परीक्षणका लागि पठाइएकोमा उनमा कोरोना पोजेटिभ देखिएको रिपोर्ट आएको हो ।
क्वारेन्टाइनमा राखिएको उनीहरुको यही २१ गते स्वाब संकलन गरेर परीक्षण गर्दा पीसीआर पोजेटिभ आएको हो । दिदी भाइ दुइजना आएकामा भाइलाई संक्रमण भएको हो । उनीहरु दुई महिनाअघि भारतबाट नेपालगञ्ज नाका हुँदै आएको र विभिन्न जिल्लामा बसेको प्रहरीले जनाएको छ । उनी गत १४ गते नगरकोटबाट इन्द्रावती गाउँपालिकाले पठाएको बोलेरोमा जिल्ला आएका थिए । 
उनीहरु विभिन्न ठाउँमा पुगेको रेकर्ड देखिएपछि थप सोधपुछ गरि अहिले संक्रमितसँग सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिनुभएको छ । कोरोना संक्रमणको पुष्टि भएका ति युवकलाई मेलम्चीमा रहेको आइसोलेसनमा राखिएको छ । उनको पीसीआर पोजेटिभ देखिएपछि थप उपचारकालागि मेलम्ची नगरपालिकामा रहेको आइसोलेसन कक्षमा सारिएको हो ।
मन्त्रालयको पछिल्लो अपटेडअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट नयाँ संक्रमितको संया २१३ पुगेको छ । तीमध्ये २०९ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कोरोना संक्रमितको  संख्या ३ हजार ४४८ पुगेको छ । यीमध्ये पुरुष तीन हजार २१२ र महिला २३६ रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
यस्तै आइतबार एकै दिन १ सय २ ले जिते कोरोना जितेर घर फर्किएका छन् । नेपालमा एकै दिन १०२ कोरोना (कोभिड–१९) का बिरामी निको भएर घर फर्किएका हुन । योसँगै अहिलेसम्म ४६७ जनाले कोरोना लाई जितेर घर फर्किएका छन् । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले रोगलाई जितेका थिए । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिनुभयो । 
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताउनुभयो । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना रहेका छन् । 

, , ,