जनहित ग्रामीण सेवा समितिको समन्वयमा स्वास्थ्य सामाग्रि सहयोग

लोकप्रिय समाचार, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकामा कार्यरत स्थानीय संस्था जनहित ग्रामीण सेवा समितिको समन्वयमा संयुक्त रास्ट्रसंघिय सहयोगी संस्था यिएनडिपि र इसिएचओको सहयोगमा नगरपालिकामा संचालित क्षेत्रीय क्वारेन्टाइन र आइसोलेसन वार्डको लागि सामाग्रि सहयोग गरेको छ ।
सहयोग गरिएका समाग्रिहरुमा  पानी ट्यांकी, फिल्टर, डस्ट्बिन, बाल्टी, साबुन, तौलिया, सेनिटाइजर लगाएतको सरसफाइ सामग्री उपलब्ध गराएको नगर सचिवालय संयोजक रोहित शर्माले जानकारी दिनुभएको छ ।
संस्थाले यस अघि पनि लकडाउन भए लगत्तै नगरपालिका अन्तर्गतका १८ वटा स्वास्थ्य संस्थाको लागि मास्क, सेनिटाइजर, ग्लोब्स सहयोग गरेको थियो । त्यसैगरि नगर बिपद ब्यवस्थापन कोषलाई ग्रामीण सुधार समाजले १ लाख, मानुषी लघुबित्त कार्यक्रमले २५ हजार,  स्वाबलम्बन लघुबित्त कार्यक्रमले १० हजार सहयोग गरेको छ । भने  रेडक्रस जिल्ला शाखा सिन्धुपाल्चोकले क्वारेन्टाइन र आइसोलेशन तयार गर्न बेडसेट, डस्ट्बिन, किचनलाई आवश्यक पर्ने सामग्री सहयोग गरेको थियो । यसका साथै चौतारा साँगाचोकगढी नगरपालिका प्रवेशद्वार बन्देउ मा गाडी डिसइन्फेक्ट गर्न प्राबिधिक सहयोग समेत गरेको थियो । संघसंस्था हरुको गरेका यस्ता सहयोगले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नमा ठूलो सहयोग पुग्ने मेयर अमान सिं तामाङले बताउनुभयो । 

, , ,