डिभिजन वन कार्यलयको सहयोगमा टिम्बुर खेति


चौतारा, असार १३ । 
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको नेत्रज्योति सहकारी संस्थाको आयोजनामा डिभिजन वन कार्यलयको सहयोगमा टिम्बुरको बिरुवा रोपिएको छ । 

पछिल्लो समयमा बाझो जग्गा बढिरहेको बेला यस्ता किसिमका व्यवसायको प्रोत्साहन गर्नुपर्र्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शेरबहादुर श्रेष्ठले बताउनुभयो ।
वडा भित्र बाँझो जग्गा नरहोस भन्नको लागि यस्ता व्यवसायीक खेतिमा  वडा कार्यालयले सहयोग गर्ने   बिश्वास दिलउदै वडाध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिकाका वन तथा वातावरण विभागका संयोजक शेरबहादुर श्रेष्ठले  बिरुवा रोप्ने कार्यको शुभारम्भ गर्नुभयो । 
नेत्रज्योति कृषि सहकारी संस्थाले सम्पुर्ण शेयर सदस्यहरुलाई समेटेर बाझो जग्गाको सदुपयोगको निमित्त यस्तो अभियान शुरु गरेकोमा सहकारीलाई धन्यवाद दिदै अध्यक्ष श्रेष्ठले यस्ता किसिमका उत्पादनमुलक कार्यमा सहयोग गरिरहने समेत उहाँले बताउनुभयो । नेत्रज्योति सहकारी संस्थाले गत बर्षबाट टिम्बुर खेति शुरु गरेको संस्थाले जनाएको छ । 

, , ,