भोकमारी र वेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यकः वरिष्ठ नेता पौडेल

काठमाडौँ, जेष्ठ २४ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र वेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताउनुभएको छ । 
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिवार आयोजना गरेको कोरोनाको संक्रमण र विश्व परिस्थिती विषयक भर्चुअल कार्यक्रममा बरिष्ठ नेता पौडेलले गाँउमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले आफुले पहिलेदेखि नै भन्दै आएको आम नागरिकलाई गाँउमा नै बसौ बसौ बनाउनका लागि मौका आएको बताउनुभयो । उनले अब गाँउ गाँउमा नागरिकले सहरमा उपलब्ध गराएका सुविधान गाँउमा पुर्याएर नागरिकको रोजगारी र आम्दानी गाँउमा नै पाउने अवस्थाको सृजना गरेमात्र अर्थतन्त्र जोगाउन सकिने बताउनुभयो ।
बरिष्ठ नेता पौडेलले राज्यको भुगोलको पूर्नसंरचना भएपछि सामाजिक आर्थिक पूर्नसंरचना हुननसकेको बताउनुभयो  । उहाले राज्यको सामाजिक रुपमा पनि पूर्नसंरचना आवश्यक रहेको बताउनुभयो । राज्यको सामाजिक रुपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारी घटना घटेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले सामाजिक रुपान्तरणका लागि भन्दै १७ हजार मान्छे मार्ने आन्दोलनको उदगम थलोमा जातिय विभेदका घटना तीन आन्दोलनका नायकहरुद्धारा हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो  । उहाले १७ हजार मान्छेको ज्यान सामाजिक रुपान्तरणका लागि नभई सत्ता प्राप्तीका लागि भएको आ नागरिकको बुझाई रहेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले मुलुकको राष्ट्रियताको संरक्षण प्रधानमन्त्री केपी ओलीको जस्तो खोक्रो नाराले संभव नहुने भन्दै राष्ट्रियताको संरक्षणका लागि छिमेकीसंग आँखामा आँखा जुँधाएर कुरा गर्न सक्ने क्षामता राख्नुपर्ने बताउनुभयो ।
पौडेलले कोरोनाको संक्रमणका कारण विश्वको राजनीतिले पनि नयाँ मोड लिने बताए । उहाले दोश्रो विश्वयुद्ध पनि अमेरिकी र रुसी ध्रुवमा विभाजित भएको स्मरण गर्दै अहिले रुसको स्थान चीनले लिएर अमेरीकी र चीनियाँ ध्रुवमा विश्व विभाजित हुने बताउनुभयो  । नेता पौडेलले चीनको शासन व्यवस्था पारदर्शी नभएका कारण उसलाई विश्वले शंकाको दृष्टिले हेरेको भन्दै नेपालमा पनि कम्युनिष्टहरु उत्साहीत भएका तर लोकतन्त्रवादी शसंकित भएको बताउनुभयो ।
कार्यक्रमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरु कपिलबस्तुका सुरेन्द्र आचार्य, रोल्पाका अमरसिंह पुन, गुल्मीका भुवन आचार्य, इलामका हिमालय कर्माचार्य, संखुवासभाका दिपेन्द्र श्रेष्ठ, पाँचथरका नरेन्द्र केरु, कास्कीका कृष्ण केसी, तनहुँका जितप्रकाश आले लगायतले आ आफ्नो धारणा राखेका थिए । 

, , , ,