एक बिद्यालय एक नर्स कार्यक्रमलाई सबै स्थानिय तहमा थप गरिने

चौतारा, असार २ । 
बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले  नेपालमा पहिलो पटक बागमती प्रदेशबाट कार्यन्वयनमा ल्याउनु भएको लोकप्रि यकार्यक्रम एक बिद्यालय एक नर्स कार्यक्रमलाई थप बिस्तार गरिने भएको छ ।
यसअघि प्रदेशका एक सय २१  बिद्यालयमा संचालनमा रहेको यो कार्यक्रम अब प्रदेशका तिन सय ५९ बटा माध्यमिक बिद्यालयमा नर्स सेवा संचालन गरिने भएको हो । यससँगै बागमती प्रदेश सरकारले कोभिड १९ को रोकथाम नियन्त्रण उपचार तथा गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याउन हाल प्रदेश अस्पताल नभएका जिल्लाहरु मध्ये दोलखाको चरिकोट,काभ्रेको मथिनकोट,ललितपुरको बज्र बाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालमा स्तरउन्नतिगरि प्रदेशका सबै अस्पतालहरुको सेवाबिस्तार गर्ने भएको छ । 
बागमती प्रदेशको आर्थिक बर्ष २०७७÷७८ को बजेट प्रस्तुतगर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गर्नु भएको बजेटमा उल्लेख भएको छ । त्यसगरि यसअघि नेपाल सरकारले क्यान्सर पिडितलाई दिदै आएको एक लाख सहयोगमा त्यसमा पचास हजार थपदिने, सबै जिल्लामा डाइलासिस सेवा संचालनमा ल्याउने, बागमती प्रदेशका ६६ निवार्चन क्षेत्रमानै स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानिय तहका थप २१ वटा स्वास्थ्य संस्थाबाट अस्पताल सेवा संचालनगर्ने, प्रदेश भित्रका बाबु आमा दुबै नभएका अनाथ बालबालिकाहरुका लागि मासिक दुई हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने, प्रदेश बिश्वबिद्यालय र स्वास्थ्य बिज्ञान प्रतिष्ठान संचालन गर्ने ,प्रदेश भित्रपाँच वटा आवासिय बिद्यालयहरु संचालन गर्ने लगायतका कार्यक्रमहरुको लागि बजेट विनियोजन गरिएको छ ।
आर्थिक बर्ष २०७७÷७८को लागि बागमती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपयाँ बजेट विनियोजन गरेको छ । 

, , , , ,