लकडाउनको समयमा सिन्धुपाल्चोकका १९ ले गरे आत्महत्या

चौतारा, जेष्ठ २६ । 
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने भयले लकडाउन गरिएको अवधिमा सिन्धुपल्चोक जिल्लामा १९ जनाले आत्महत्या गरेका छन् । 
गत साउनदेखि फागुनसम्म अर्थात ८ महिनामा ६२ जनाले आत्महत्या गरेका थिए ।  लकडाउनमा विगतको तुलनामा आत्महत्या गर्नेको संख्या बढेको छ । १२ वर्षे नाबालकसहित १९ जनाले आत्माहत्या गररेको प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ । 
काफ्लेका अनुसार पछिल्लो पटक गत २४ गते जुगल गाउँपालिका–५ का १२ वर्षे बालक ङेमा तामाङले नाम्लोको डोरीको पासो लगाएर आफ्नै घरमा आत्महत्या गरेका थिए ।
लकडाउनको समयमा दीर्घरोगी, लागू औषधको प्रयोग गर्ने, एकान्तपन, पारिवारिक कलह, मानसिक तनाव, सामाजिक सञ्जालको दुरुपयोग, खान लाउन नै समस्या भएका कारण मानिसहरुले आत्महत्या गरेको देखिएको ’ डीएसपी काफ्लेले जानकारी दिनुभएको छ ।
यस संगै लकडाउनको यस अवधिमा जबरजस्ती करणीको ४ वटा घटना भएको छ । मेलम्चीका एक किशोरी बाबुबाट बलात्कृत भएकी छिन् । ४३ वर्षीय बाबुमाथि १८ वर्षीया छोरी बलात्कार गरेको आरोप लागेको छ । गत चैत ११ गतेदेखि हालसम्म ज्यान मार्ने उद्योगमा ४ वटा मुद्दा दर्ता भएको छ । यस्तै अभद्र ५, गौवध २, कालोबजारी २, बहुबिवाह २ वटा लगायत यस अवधिमा ६० वटा मुद्धा दर्ता भएको छ ।

, , ,