पुर्व मन्त्री बस्नेतले सिन्धुपाल्चोकमा पिसिआर मेसिन सहयोग गर्ने



देबराज सुबेदी, असार १३ । 
पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्यमोहनबहादुर बस्नेतले पि सि आर परिक्षणका लागिअत्याधुनिक मेसिन सहितको स्वास्थ्य सामाग्रि सहयोग गर्नुृहुने भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको बाह्रबिसे अस्पतालमा उपलब्ध गराउनु भएको नेपालीकाँग्रेसका नेता युधिर पौडेलले जानकारी दिनुभयो । साथै उँहाले कर्मचारी किट लगयात ब्यबस्था पनि आँफैले गरिदिने जानकारी दिनुभयो । पि सि आर परिक्षण गरेर पनि रिपोर्टकालागिहप्तौ सम्म कुर्नुपर्ने झन्झट भइरहेको बेला सिन्धुपाल्चोकामा यस्तो अत्याधुनिक मेसिन आउनुले सिन्धु बासिमा खुशियालि छाएको छ ।
 नेपालमाकोरोनामहामारी फैलिरहेको बेला सरकारले एक तिहाइ जिल्लामापनिपि सि आर मेसिन नपुग्नुले सरकारको कामप्रति असन्तुष्टि जनाउदै पुर्व मन्त्री बस्नेतले मेसिन सहितअन्य स्वास्थ्य सामाग्रि सहयोग गरेको पौडेलले बताउनुभयो । पुर्व मन्त्री बस्नेतले यसअघि पनि सिन्धुपाल्चोकमा स्वास्थ्य सामाग्रि, सुरक्षाकर्मि र आमनागरिकलाइ स्वास्थ्य सामाग्रि वितरण गर्दै आउनुभएको थियो ।
 जिल्ला भरका ६१३ जना स्वास्थ्य कर्मिको कोरोना बिमा, नेपालमा पहिलो पटक मृत्यु भएकि सुत्केरी महिलाको शिशुको पालनपोषणका लागि १ लाख रुपैँया सहयोग गर्नुका साथै १२ कक्षा सम्मनिशुल्कशिक्षाको ब्यबस्था गरिदिने बचन दिनुभएको छ ।
साथै आगामि दिनमा एम्बुलेन्स चालक र नेपालप्रहरीको कोरोनाबिमागरिदिने योजनाभएको नेपालीकाँग्रेसका केन्द्रिय सदस्यएवम् पुर्वमन्त्री बस्नेत द्धारा हस्ताक्षरित विज्ञिप्तिमा भनिएको छ । नेपाल सरकारले धुलिखेल र काँठमाडौँमाउपलब्ध गराएको पि सि आर रिपोर्ट आउनहप्तौ कुर्नपरेको भन्दै क्वारेन्टिमा बसेकाहरुले सरकारको आलोचना गर्दै आएका थिए ।
भारत लगाएत तेस्रो मुलुकबाट आएका र कोरोना सँग मिल्दोजुल्दो लक्षण फेला परेकानागरिकहरुलाइअहिले क्वारेन्टाइनमा पि सि आर रिपोर्टको पर्खाइमा राखिन्छ । अबसिन्धुपाल्चोकमा नै पि सि आर मेसिन आएपछि रिपोर्ट आउन केहि सहजहुने आँकलन स्थानियको छ । 

, , , ,