मध्यभोटेकोशीमा ग्याँस सिलिन्डर लिग भई चाइनिज नागरिकको मृत्यु

असार ३ ।
मध्यभोटेकोशीमा स्टोरकिपर काम गर्ने एक चाइनिज नागरिकको मृत्यु भएको छ ।
बाह्रविसे नगरपालिका जम्बो स्थित मध्य भोटकोशी हाईड्रोपावर कम्पनिको चाईनिज ठेकेदार कम्पनि ग्वाङ्सि हाईड्रो ईलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोको १२ नं साईडमा काम गर्ने २९ वर्षीय चाइनिज नागरिक छिको मृत्यु भएको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
बनेपाबाट लिएर आएको ग्याँस अनलोड गरी स्टोर गर्ने क्रममा ग्याँस झरेर ग्यासँको टुप्पा खसेर लिग भएपछि अनियन्त्रीत भई सो सिलिण्डर घुम्दा छेउमा रहेका छिलाई लाग्न जाँदा घाइते भएका थिए ।
उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको धुलिखेल अस्पतालमा नै मृत्यु भएको हो ।
यस्तै हेलम्बु गाउँपालिका १ हल्देवेशीमा लडेर एकजनाको मृत्यु भएको छ । मंगलबार तिम्बुका ६० वर्षीय चेते सुनारको खेतमा काम गरि फर्कने क्रममा दोङदीङ खोलामा लडी मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिनुभएको छ ।

, , , ,