क्षेत्रिय क्वारेन्टाइन भरिएपछि इन्द्रावतीका प्रत्यक वडामा क्वारेन्टाइन

चौतारा, असार ७ । 
इन्द्रावती गाउँपालिकाले विदेश वा बाहिरी जिल्लाबाट आएका नागरिकलाई आफ्नै गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने भएको छ । 
यसअघि क्षेत्रीय क्वारेन्टाइन मेलम्चीमा गाउँपालिकावासीलाई राख्दै आएको इन्द्रावतीले अबबाट आफ्नै गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने निर्णय भएको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभएको छ । 
कोरोना संक्रमितको संख्या बढेसँगै क्षेत्रीय क्वारेन्टाइन मेलम्ची भरिन थालेपछि गाउँपालिकामै आफ्ना नागरिकलाई राख्न क्वारेन्टाइनको व्यवस्था गरिएको हो । इन्द्रावतीका १२ वटा वडामा प्रत्येक वडाले १० बेडको क्वारेन्टाइन निर्माण गरेका छन् । क्वारेन्टाइनमा राख्न आवश्यक समन्वयका लागि गाउँपालिकाले स्वास्थ्य संयोजक परशुराम श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकेको छ ।
यसअघि क्षेत्रीय क्वारेन्टाइनमा नै सबै गाउँपालिकाका शंकास्पद व्यक्ति राख्न भन्दै गाउँपालिकाहरुले पाँच पाँच लाख सहयोग गरि जिल्लामा ३ वटा क्षेत्रिय क्वारेन्टाइन स्थापना गरेका थिए ।  

, , ,