जुगल गाउँपालिका राम्चेमा सामुदायिक पुस्तकालय स्थापना


चौतारा, १४ असार । 
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सामुदायिक पुस्तकालय स्थापना भएको छ ।
 बालबालिका ,युवायुबती, बृद्धबृद्धा र आम नागरिकको सर्वाङ्गिण बिकासको लागी ज्ञान आर्जन भन्ने मुख्य उदेश्य सहित जुगल गाउँपालिकाको वडा न ५ राम्चे मा सामुदायिक पुस्तकालय स्थापना गरिएको पुस्तकालयका अध्यक्ष रन्जित आचार्यले जानकारी दिनुभएको छ । 
बाग्मती प्रदेश सामाजिक बिकास मन्त्रालयले गरेको अनुदान सहयोग रकम रु. ५००००० उक्त पुस्तकालय निर्माण गरिएको हो ।  उक्त पुस्तकालयमा ४०० थान विभिन्न पुस्तक ,दराज कुर्सी , टेबल, ल्यापटप र ईन्टरनेट जडान समेत गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।  
सम्पुर्ण ज्ञानको स्रोत पुस्तक नै भएको र यसको अध्ययन बिना ज्ञान आर्जन गर्न कठिन हुने भएकोले पुस्तकालय निर्माण गरिएको र यसले  ज्ञानका साथै इन्टरनेटको माध्यमबाट गाउँ गाउँमा सूचना प्रवाह गर्न समेत भुमिका खेल्ने विश्वास रहेकोे समितिका कोषाध्यक्ष अम्बिका नेपालले बताँउनुभयो । 

, , , ,