हाते ट्याक्टर लगायतका कृषि सामाग्रि बितरण

चौतारा, असार ५ गते । 
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० ले वडा भित्रका किसानहरुलाई हाते ट्याक्टर लगायतका कृषि सामाग्रिहरु बितरण गरेको वडाध्यक्ष बेलबहादुर महतले जानकारी दिनुभएको छ ।
सामाग्रि हस्तान्तरण गर्दै वडाध्यक्ष महतले, हरेक किसानले सामाग्रि पाएपछि त्यसको सदुपयोग गर्दै आयआर्जन मुलक काम गर्न पर्ने बताउदै स्थानिय उत्पादनका लागि किसानलाई कृषि क्षेत्रको बिकासका लागि गर्नु पर्ने कुनै सहयोगमा कमि हुन नदिने बताउनुभएको छ । उहाँले भन्नुभयो “वडाबाट श्रोत र सधनले भ्याय सम्म किसानलाई सहयोग गर्न आफु लागि गरिरहने छु ।”
वडाले हाते ट्याक्टर १४ वटा, प्लाष्टिक पोखरी ४, प्लाष्टिक टनेल २४ वटा र पलपल मेसिन १० वटा बितरण गरेको वडा सचिब पुनम भण्डारीले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाले सबै नागरिकले आफ्नो खेति योग्य जमिन बाँझो नराखि उत्पादन कार्यमा लाग्न आबश्यक सामाग्रिहरु बितरण गरिरहेको छ । 

, , ,