लाङटाङले दियो ३७ लाख ५ हजार राहत


रूपक पुरी,हेलम्बु,असार १४ ।
लाङटाङ राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्ष २०७६र ७७ को साउनदेखि हालसम्म ३७ लाख ५ हजार १सय २५ रूपैयाँ राहत उपलब्ध गराएको छ ।
कोरोना भाईरस नियन्त्रण गर्न लकडाउन गरिएपछि वन्यजन्तुवाट पिडित भएका ५२ जनालाई राहत वितरण गर्न बाँकी छ । आर्थिक वर्ष ०७६र७७ मा निकुञ्जमा ४ सय ४२ वटा निवेदन आएकोमा ३ सय ९० लाई मात्र राहत वितरण गरिएको छ ।  
निकुञ्जका सहायक सँरक्षण अधिकृत एवं सूचना अधिकारी भुपेन्द्रप्रसाद यादवका अनुसार वन्यजन्तुले ३७० घरधुरीको बालीनाली क्षति, १३ वटा पशुधन क्षति र ७ जना मान्छेलाई गम्भीर घाईते बनाएको छ । पछिल्लो समय बन्यजन्तुले मान्छेलाई आक्रामण गर्ने , घरपालुवा पशुलाई मार्ने तथा अन्नबाली खाएर हैरान बनाउन थालेपछि स्थानिय चिन्तित बनेका छन् । 
निकुञ्ज क्षेत्रभित्र बन्यजन्तुले क्षति गर्ने क्रम वढ्दै गएपछि यसको दीर्घकालीन विकल्पसमेत खोज्न थालिएको छ । हात्ती , गैडा, बाघ,भालु, चितुवा, हिउँ चितुवा, जँगली बँदेल , धवासे चितुवा, जँगली कुकुर, अर्ना, गोही, गौरी गाई र अँजिगरले क्षति गरेमा राहत पाउने निद्रेशिकामा ब्यबस्था छ ।

, , , ,