आफैलेको बोकेको खुकुरी रोपिएर एक पुरुषको मृत्यु

चौतारा,जेष्ठ १९ ।
आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि त्रिपुरासुन्दरी ३ सुनकोशी बस्ने वर्ष ५० को ज्ञान बहादुर श्रेष्ठकोे मृत्यु भएको छ । https://www.dainiki.com/5/ 2018-01-18T10:28:53Z https://www ...
ज्ञान बहादुर श्रेष्ठको चिप्लने क्रममा आफैले बोकेको खुकुरीले कोखामा लागि सोमबार दिउस मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ । उनि तरकारी खेती गर्न टनेल बनाउन  बाँस झ्यामा बाँस काट्ने क्रममा चिप्लिएर लड्न गई आफैले बोकेको खुकुरी आफ्नै बाँया कोखामा रोपिएर घाइते भएको काफ्लेले जानकारी दिनुभएको हो ।
घाइते अवस्थामा भेटिएका श्रेष्ठलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


, , ,