सलह समातेर ल्याउनेलाई किलोको ६० देखि १०० रूपैयाँ दिने


रूपक पुरी, चौतारा, असार १७ ।
सिन्धुपाल्चोकमा सलह किराको वथान आईपुगेपछी स्थानिय सरकारले समातेर ल्याउनेलाई ६० देखि १सय रूपैयाँसम्म दिने घोषणा गरेका छन् ।
सलह सिन्धुपाल्चोकमा प्रवेश गरेलगत्तै जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले सलह समातेर ल्याँउने किसानहरूलाई प्रतिकिलो १ सय रूपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ । जुगल गाउँपालिकामा सलह किरा आएकाले अध्यक्ष श्रेष्ठले सबै किसानहरूलाई सजग रहन समेत आग्रह गर्नुभएको छ । 
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले भने सलह समातेर ल्याउने किसानहरूलाई प्रतिकिलो ६० रूपैयाँ प्रदान गरिने बताउनुभयो । 
जिल्लामा सलह किरा प्रवेश गरेपछी त्यसलाई न्यूनीकरण र रोकथामका लागि १२ वटै स्थानिय सरकारले विभिन्न सचेतना कार्यक्रमहरू अघि सारेका छन् । किसानहरूलाई सचेत हुन र आफ्नो खेतबारीमा सलहको बथान पसेमा त्यसलाई धपाउन समेत स्थानिय कृषकहरूलाई आग्रह गरेका छन् ।

, , , ,