वर्षादमा तातोपानी सडक सडक अवरोध नहुने

बिदुर  आचार्य, चौतारा, असार १७ । 
वर्षाका कारण क्षति पुगेका तातोपानी सडक खण्ड तत्काल सञ्चालन गरिने भएको छ ।
वर्षाद सुरु भए सँगै पहिरोले अवरोध गरेका ठाँउ खुलाउने र पहिरोको सम्भावित ठाँउमा वैकल्पिक मार्ग निर्माण गर्न भौतिक योजना मन्त्रालय र सडक विभागले तदारुकता देखाएको हो ।
सडक विभागका महानिर्देशक केशव शर्मा र भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अरनिको राजमार्गको       कोदारी सम्म निरीक्षण गरि जीर्ण सडकको स्तरोन्नति गर्न पहल सुरु हुने वताउनुभयो ।
नेपाल चीन वीचको प्रमुख नाका तातोपानी लाई निरन्तर सञ्चालनको लागि उच्च प्राथमिकतामा राखिएकोले सडक समस्या हुन नदिने गरि काम गरिएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजय महतोले जानकारि दिनुभयो ।
‘वाढी पहिरोका कारण सडक अवरोध भए तत्काल खुलाउन दुई वटा मेसिन तयारि अवस्थामा राखिएको छ’, महतोले भने, ‘तातोपानि सडक खण्डको झ्याले, लार्चामा पहिरोले अवरोध गरेको छ, सडक नियमित गर्न आवश्यक स्रोत साधन सहित निर्देशन प्राप्त भएको छ ।’ उनले वर्षाका कारण सडक लामो समय अवरोध हुन नदिने गरि काम सुरु गरिएको वताउनुभयो । 
तातोपानी भन्सार कार्यालयले तीन महिनामा एक अर्व ४८ करोड राजस्व संकलन गरेको जनाएको छ । चीनमा कोरोना भाईरस प्रकोप सुरु भएपछि ठप्प नाका चैत्र महिनावाट सामान आयात सुरु भएको थियो ।
‘असार १५ सम्ममा एक अर्व ४८ करोड राजस्व संकलन भएको छ’, भन्सार प्रमुख लालवहादुर खत्रीले भन्नुभयो, ‘कोरोना प्रकोप नियन्त्रणका औषधी जन्य सामाग्री सहित कृषि सामाग्री र फलफूल लगायतका सामाग्री भन्सारवाट धेरै आएका छन् ।’
वर्षा सँगै पहिरोको कारण वेला वेला सडक अवरोध भएकोले सामानआयातमा समस्या भएको अहाँले वताउनुभयो । तातोपानी भन्सार सुख्खा वन्दरगाहमा दैनिक १५ कन्टेनर सम्मको भन्सार हुने गरेको छ ।
चीन तर्फ नेपाल ल्याउने सामाग्री वोकेका कन्टेनर पालो कुरेर वसेको व्यवसायीहरु वताउछन् । चीनले पठाएको भोलुममा सामान नेपाल भित्र्याउन नसकेको भन्सार प्रमुख वताउछन् । 
पछिल्लो पटक भन्सार सञ्चालन भएसँगै  नेपाल भित्रने सामाग्रीमा भारि बृद्धि भएको छ । तर नेपाल वाट चीन निर्यात भने सून्य अवस्थामा छ । नेपालले विगतमा निर्यात गर्ने उन, हस्तकला का सामाग्री, गलैचा लगायतका सामान यो पटक निर्यात गरेको छैन ।
चीनवाट औषधी जन्य सामाग्री, फलफूल, कृषि सामाग्री लगायत ठूलो संख्यामा सामान आयात गर्दा निर्यात भने गर्न सकेको छैन ।

, , , , , ,