ईन्द्रावतिमा भब्य रंगशाला बन्दै
रूपक पुरी, नवलपुर, असार २६ ।
प्रस्तावित रँगशालाको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बँशलाल तामाङले उद्घाटन गर्नुभएको छ ।
३ करोड ७९ लाख ११ हजार दुई सय नौ रूपैयाँ लागतमा निर्माण हुन लागेको सो रँगशाला यही बर्षको माघ २१ सम्ममा निर्माण गर्ने सम्झौता गरिएको छ । रँगशाला निर्माणका लागि गाउँपालिकाले श्री वल्डवाईड आरवि जेभी कम्पनीसँग सम्झौता गरेको छ ।
एक हजार दर्शक क्षमताको सो रँगशाला ४५ र०९ मिटरको क्षेत्रफलमा बन्ने पालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।