कोरोनाबाट सिन्धुपाल्चोकमा थप एकको मृत्यु, संक्रमित ६१ पुगे
रूपक पुरी,मेलम्ची, असार २७ ।
झण्डै ३ महिनादेखी विरामी रहेका उहाँको काठमाडौंमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताउनुभयो । मृतक घरमै थिए तर रोगले च्याप्दै गएपछि उनलाई थप उपचारको लागि पाटन हस्पिटल लगिएको थियो । उनको अस्पतालले असार २२ गते गरेको परिक्षणमा कोरोना पुष्टि भएको थियो । उनको मृत्यु अघिनै कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो । यस संगै जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि मुलुकमै पहिलोपटक कोरोना लागेर बाह्रबिसे नगरपालिका वडा नं. ९ राम्चेकी सुत्केरी महिलाको मृत्यु भएको थियो ।
यस्तै शनिबार नै पाँचपोखरी थाङपाल गाउँपालिकाको पाँचजना नयाँ सँक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ ।
नयाँ थपिएका पाँचै जना सँक्रमितहरू भारतबाट आएको जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्णराज तिबारीले जानकारी दिनुभएको छ ।