मेलम्ची खानेपानी सुरुङको गेट फुटदा २ जना बेपत्ता, २ घाइते

लक्ष्मण बिष्ट, मेलम्ची, असार ३० । 
मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता भएका छन् । 
मंगलबार  १२ बजे पानी भरिएको सुरुङको १७ नम्बरको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
 खोलाले बगाउदा अन्य २ जना गम्भिर घाइते भएका छन् । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ । परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको हो । घाइते भएका कन्सल्टयान्ट शेखर खनाल र दावा लामालाई उद्धार गरिे हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी माधब काफ्लेले जानकारी दिनुभयो ।
गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । सन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार  बेपत्ता २ जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी सुरु गरेको छ । 
मेलम्ची खानेपानी आयोजनाको राजधानी जोड्ने साढे २६ किलोमिटरको मुख्य सुरुङमार्गको गेट नम्बर १७ को ड्याम फुटेर आएको बाढीले घाइते दुईको हेलिकप्टरबाट उद्धार गरिएको छ । उपचारका लागी हेलिकप्टर बाट काठमाडौं ग्रान्डी अस्पताल लगिएको हो । मेलम्ची खानेपानि आयोजनाले यहि असार २१ गते पानी परिक्षण गर्दा स्थानीय सरकार तथा सरोकारवाला निकायलाइ थाहा नदिएको भन्दै जनप्रतिनिधिहरु आयोजनाको कामप्रति रुष्ट बनेका थिए ।
पत्रकार सम्मेलन मार्फत उनिहरुले मन्त्रालयको कामप्रति विरोध समेत जनाए । राष्ट्रिय गौरबको आयोना मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुनै लाग्दा आयोजनासँग सहकार्य गर्दै खुशि साटासाट गर्ने योजनामा धक्का लागेको स्थानीय सरकारका जनप्रतिनिधिले गूनासो गरेका थिए ।  तर मंगलबार दिउँसो मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा अस्थायी बाँध फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत २ जना बेपत्ता भएपछि स्थानीय सरकारको खोजी गरि सहकार्यको आग्रह गरिएको छ । 
अफ्ठेरोमा सहयोग गर्नु आफ्नो कर्तव्य भएपनि स्थानीय सरकारका जनप्रतिनिधिले सजिलोमा नसम्झिएको र अफ्ठेरोमा मात्रै आफूहरुलाइ संझिएको गूनासो गरेका छन् । मेलम्ची नगरपालिकाको विपदमा प्रयोग गर्न राखिएको सामाग्रि लिएर अहिले नेपाली सेना उद्धारमा खटिरहेको छ । नगरपालिकाका उपप्रमुख भगवति नेपालले उद्धारमा थप सहयोग होस् भनेर आफ्नो पालिकामा भएको सामग्रि नेपाली सेनालाइ दिएको बताउनुभएको छ ।  
यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पा पनि घटना स्थल पुगेर अनुगमन गरि तत्काल उद्धार कार्यमा खटिन आग्रह गर्नुभएको छ । पानी परिक्षण गर्दा जानकारी नआएपनि र आफुहरु सहभागि हुन नपाएपनि विपद्को बेलामा सहयोग गर्न पाउँदा खुसी लागेको जनप्रतिनिधिको भनाइ छ ।
यसअघि सुरुङबाट काठमाडौंको सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो चेनेज’ देखि ८ सय मिटरसम्म पानी पठाएर परीक्षण सफल गरिएको थियो । त्यहाँको मुख्य सुरुङको ८ सय मिटरपरको गेट वा गेट नम्बर १७ ले पानी थिग्राउने काम गर्छ । त्यसपछि मात्रै पानी शुद्धिकरण गरेर सुन्दरीजलमा निकालिनेछ ।

, , , , ,