सुनकोशीले ल्यायो ४० करोड ४४ लाखको बजेट

चौतारा, असार २३ । 
सुनकोसी गाँउपालिकाले आ.ब २०७७।०७८ को लागि ४० करोड ४४ लाख, ३९ हजार ३६० रुपैयाँको बजेट ल्याएको छ । सोमवार पालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै आउँदो आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेको हो ।
 पालिकाको वजेटमा शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन, रोजगारलाई प्राथमिकता दिइएको छ । गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसि(बिनोद) ले गाउँपालिका बासीका हितमा नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताउनुभएको छ । 
पालिकाले ६ करोड १० लाख चालुतर्फ र पूँजीगततर्फ १ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै पालिकाले वडागत योजनाका लागि तीन करोड ७८ लाख बजेट छुट्टयाएको छ । भने कोरोना नियन्त्रणका लागि ५० लाख बिनियोजन गरेको छ । 
यस्तै विपद व्यवस्थापनमा ५० लाख, कृषिमा आधारित युवा स्वरोजगार कार्यक्रममा ४० लाख, महिला सीप विकास र लघु उद्यममा १० लाख छुट्टयाएको पालिका उपाध्यक्ष लक्ष्मी पौडेलले जानकारी दिनुभएको छ । पालिकाले यो वर्षदेखि घर वहाल कर र घरजग्गा नक्सा पासमा लगाएको कर नलिने निर्णय गरेको छ ।
असार १० गते नै पालिकाले निति तथा कार्यक्रम प्रतुत गर्नुपर्ने व्यवस्था भएतापनि पालिकाले कर्मचारीको अभाव भएर १० गते बजेट ल्याउन सकेको थिएन । जिल्लाका अरु सबै नगर तथा पालिकाले आगामी निति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । 

, , , , ,