हेलम्बुका सबै जनप्रतिनिधि र कर्मचारीको कोरोना विमा

रूपक पुरी,हेलम्बु, साउन १४ ।
हेलम्बु गाउँपालिकाले पछिल्लो चरणमा कोरोना भाइरस फैलने खतरा बढ्दै गएपछि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको कोरोना बिमा गरिदिएको छ ।
गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष लगायत सम्पूर्ण स्थानिय जनप्रतिनिधि , पालिकामा कार्यरत कर्मचारी , सबैतहका शिक्षक समेत ३ सय ५२ जनाको कोरोना बिमा गरिएको हो ।
आगामी चैत मसान्तसम्म म्याद रहेको उक्त विमा आइ एम ई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत गरिएको छ । ईन्स्यनेरेन्स कम्पनि लिमिटेडकि बरिष्ठ अधिकृत शुशिला घिमिरेका अनुसार सो अबधिभित्र बिमितको पिसिआर रिपोर्ट पोजेटिभ आई सँक्रमण पुष्टि भएमा कम्पनिले रू १ लाख प्रदान गर्ने गरि आबधिक विमा गरिएको छ ।

, , , ,