सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाद्वारा बाढीपिडितलाई राहत बितरण

रूपक पुरी,साउन ४ ।
सिन्धुपाल्चोक समाज ,दक्षिण कोरियाद्वरा दोस्रो चरणको राहत तथा सहयोग हस्तान्तरण  कार्यक्रम सम्पन्न गरेको छ । 
आपसी सहयोग सद्भाव र सदाचार नै सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने नाराको साथमा २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिणकोरियाले राहतको दोस्रो किस्ता भोटेकोशी गाउँपालिकाको वडा न ३ लार्चा फुमाचेका बाहिरी पीडितहरूलाई सहयोग गरेका छन्।
 असार २४ र २५ गते राती गएको पहिरोले २ जना गम्भीर घाईते भएको, ६० घरधुरीको  दुई सय ६०  जना विस्थापित भई तातोपानी भन्सार कार्यालयको भवनमा बस्दै आउनुभएको पीडितहरूलाई  जीवन सुधार साना कृषी सहकारी संस्थाको प्राबिधिक सहयोगमा सिन्धुपाल्चोक समाज , दक्षिण कोरियाले  एक लाख २५ हजार बराबरको ६० घरधुरीलाई खाधान्न सामाग्री चामल , दाल , तरकारी ,नुन, तेल ,चाउचाउ ,साबुन सहयोग हस्तानतरण गरेको छ  ।
 अहिले बाढी पहिरोले गर्दा त्यहाँ जाने बाटो सबै बन्द छ मान्छे हिडडुल गर्ने समेत गाह्रो भएको अवस्थामा स्थानीय सहकारी संस्थामा जगेडा राखिएको खाधान्न सामाग्री किनेर वितरण गरेका थिए।
राहत वितरणका लागि सिन्धुपाल्चोक समाज दक्षिणकोरियाको सल्लाहकार उज्वल लामा र जीवन सुधार साना कृषि सहकारी संस्था ले सहयोगी भूमिका निर्वाह गरेको थियो। 
 सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्ष नबिन श्रेष्ठले दक्षिण कोरिया , इजÞराइल,साउदी अरब  ,दुवई साइप्रस तथा नेपालमा रहनु हुने सहयोगी मनहरु प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ । सिन्धुपाल्चोकमा बाढी पहिरोले बस्तीहरु बिस्थापित भएका अरु ठाँउमा पनि आवश्यकता अनुसार राहत तथा सहयोग वितरण गर्ने सल्लाहकार सञ्जिव भण्डारीले जानकारी दिनुभयो । 
यसअघि   भोटेकोशी गाउँपालिका जम्बु स्थित बाढी पीडितहरूलाई सहयोग गरेको छ। समाजको अगुवाइमा दक्षिण कोरिया तथा विश्वभर रहेका समाजसेवीहरुले सिन्धुपाल्चोकको बाह्रविसे बाढीपीडितलाई आर्थिक सहयोग रकम जम्मा गरेको हो । जम्मा गरेको आर्थिक रकमको पहिलो किस्ता जम्बुमा लगभग रु. १५०००० बराबरको १४ घरपरिवारलाई लत्ताकपडा र ७  परिवारलाई काजकिरिया गर्नको निमित्त १ एक घरपरिवार रु. ७ हजार ५ सयका दरले वितरण गरेको थियो । एकजना अग्निपीडित परिवारलाई थप २०हजार समेत वितरण गरेको थियो । 
यसैगरी सिन्धुपाल्चोक जिल्लामा बाढीले प्रभावित विभिन्न क्षेत्रहरुमा सक्दो सहयोग गर्ने सिन्धुपाल्चोक समाज दक्षिणकोरियाको उपसचिव विशाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

, , , ,