सिद्धी गणेश माबी द्धारा भ्रममा नपर्न अनुरोध


श्री सिद्धीगणेश माध्यमिक बिद्यालयले आफ्नो बिद्यालयको बिषयमा बिभिन्न  भ्रामक समचार आएको भन्दै यस सम्बन्धमा बिद्यालयको तर्फबाट भ्रममा नपर्न अनुरोध गरेको छ ।  यस सम्बन्धमा   बिद्यालयले आइतबार बिज्ञेप्ती प्रकाशन गरेर उक्त अनुरोध गरेको हो । बिद्यालयको तर्फ बाट प्रअ राजकुमार यादब द्धारा जारि बिज्ञेप्तीमा
Covid-19महामारीका कारणले विश्व आक्रान्त भईरहेको वर्तमान परिप्रेक्ष्यमा हाम्रो देश नेपालमा मिति २०७६ चैत्र ११ गते देखि लकडाउन भई विगत चार महिनादेखि विद्यालयको पठन पाठन पूर्णरुपमा बन्द रहेको र अगामी केही दिनहरुमा पनि सबै कक्षाहरु एकै पटक विद्यालयमा सञ्चालन हुने अवस्था नरहेको सर्वविदितै छ । यसै सन्दर्भमा हाम्रो विद्यालयमा विद्यालयको आन्तरिक श्रोतबाट तलब भत्ता पाउने गरी वि.व्य.स.द्धारा नियुक्त भएका निजीश्रोतका शिक्षक तथा कर्मचारीहरुको विषयसँग सम्बन्धित रहेर विद्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा भइरहेको तथ्यहीन प्रचारवाजी उपर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । चौतारा साँगाचोकगढी न.पा.द्धारा यस विद्यालयको सेवाक्षेत्र भित्र रहेका श्री जाल्पादेवी आ.वि.,पौवा र श्री जनता आ.वि.,मगुवालाई शैक्षिक सत्र २०७७ देखि यस विद्यालयमा मर्ज भई ती विद्यालयहरुका २ जना स्थायी र ३ जना राहत गरी ५जना थप शिक्षकहरु यस विद्यालयमा समायोजन भएको जानकारी गराउन चाहन्छौं । त्यस्तै बागमती प्रदेश,सामाजिक विकास मन्त्रालयबाट आ.व. २०७६÷०७७ देखि यस विद्यालयलाई नमूना सामुदायिक विद्यालयको रुपमा विकास गर्न छनौट गरिएको र उक्त मन्त्रालयबाट स्वीकृत गुरुयोजनाको आधारमा नमूना विद्यालयको अनुदानबाट शिक्षक तथा कर्मचारीहरुको तलब भत्ताका लागि खर्च गर्न नपाइने कानुनी प्रावधान र निर्देशनभएको समेत जानकारी गराइन्छ ।
त्यस्तै अभिभावक चन्दा वाहेक विद्यालयको आन्तरिक आयश्रोत कुनै पनि नभएको र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ बाट प्राप्तहुने अनुदान रकम आ.व.२०७६÷०७७मा आधारभूत तथामाध्यमिक (कक्षा ११ र १२ ) तहमा कार्यरत निजीश्रोतका शिक्षकहरुको तलब भत्तामा नै शोधभर्ना हुने भएको ,ऋयखष्म(ज्ञढमहामारीका कारणले अभिभावकबाट चन्दा सङ्कलन नहुने देखिएको र निजीश्रोतबाट करारमा नियुक्त भएका नौ जना शिक्षक तथा कर्मचारीहरुको १ वर्षे करार अवधिमिति २०७७÷०३÷३१ बाट समाप्त भएकोले थप व्ययभार विद्यालयले व्यहोर्न नसक्ने हुँदा शिक्षा ऐन तथा नियमावलीमा भएको प्रावधान अनुसार वि.व्य.स.को मिति २०७७÷०३÷२७ गतेको निर्णयानुसार उक्त शिक्षक तथा कर्मचारीहरुको करार अवधि नवीकरण नगरिएको व्यहोरा सम्बन्धित सम्पूर्णपक्षहरुलाई जानकारीका लागि अनुरोध गरिन्छ । साथै निजीश्रोतका सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई लकडाउन सुरुभएदेखि २०७७ असार मसान्तसम्म (चार महिना)कोे पुरै तलबभत्ता प्रदान गरिएको समेत जानकारी गराइन्छ ।
विद्यालयको प्रतिष्ठा तथा शैक्षिक गतिविधिमा समेत नकारात्मक असर पर्ने गरी विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियाबाट भइरहेको आधारहीन प्रचारबाजी प्रति घोर आपत्ति जनाउँदै खेद प्रकट गर्दछौं । उक्त कपोलकल्पित, आधारहीन, भ्रामक समाचारमाकुनै सत्यता नभएको र त्यस्ता समाचारहरु सम्प्रेषण नगर्न,नगराउन हुन अनुरोध गर्दै सम्बन्धित सबैको ध्यानाकर्षणका लागि यो प्रेस विज्ञप्ती प्रकाशित गरिएको भनीएको  छ ।  

, , , ,