गएरातिको बाढीले जम्बु बजार बगायो, १८ बेपत्ता, २ को मृत्यु
लोकप्रिय समाचार, चौतारा, २५ असार ।
गए रातीको अबिरल बर्षाको कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ५ जम्बु बजार बगाएको छ । ठाडो सिंगार्चे खोलामा आएको बाढीले बजार बगाएको हो । खोलामा आएको बाढीले बाह्रबिसे जम्बु बजारको १५ घर वगाएको छ ।
यस समाचार तयार पार्दा सम्म १८ जना बेपत्ता भएको र २ जनाको शव फेला परेको स्थानियले जानकारी दिएका छन् । यस बिषयमा प्रहरीले भने घटनामा भएको क्षतिको एकिन जानकारी आइनसकेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी माधब काफ्लेका अनुसार ,उद्धारका लागि निस्किएको प्रहरी र नेपाली सेना पनि जम्बु सम्म पुग्न नसक्ने अबस्था नरहेकोले खोज तथा उद्धारमा समस्या आएको छ ।