बिहिबार देखि साँझ ७ बजेपछि काठमाडौं छिर्न निषेध

सगुन बस्नेत, काठमाडौँ । 
उपत्यका प्रवेश नाकाबाट लिइएको स्वाबमध्ये २४ जनामा कोरोना देखिए संगै सरकारले उपत्यकामा भित्रने सबारी साधनमा पुनः कडाइ  शुरु गरेको छ ।
 बिहिबार देखि नै लागु हुने गरी बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ । काठमाडौं विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रुमा कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै यातायात बन्द गर्ने निर्णय गरेको हो  ।
गृह मन्त्रालयले बिहिबार सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार साँगा, नागढुंगा, फर्पिङ नाकामा कडाइ गर्ने निर्णय भएको छ ।
केही दिनयता संकलन गरिएको ३ हजार ४ सय ७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएपछि गृहमन्त्रालयले राति काठमाडौं छिर्न निषेध गरेको हो ।  

, , ,